रोहितको कप्तानीमा नेपाली टिमको घोषणा



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि सन्दीप लामिछानेलाई समेट्दै आसन्न नेपाली टिम घोषणा गरिएको छ ।

सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएपछि नेपाल क्रिकेट संघ क्यानको पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गर्दै टिममा फर्काउने निर्णय गरेको थियो ।

त्यसपछि नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी भएका उनलाई नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देशाईले अन्तिम टिममा पनि समावेश गरेका छन् ।

टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले