ए डिभिजन क्लवले पाँच विदेशी खेलाडी राख्न पाउने, एक एसियाली र एक दक्षिण एसियाली अनिवार्य



काठमडौं । शहिद स्मारक ए डिभिजन लिगमा सहभागी क्लवले अब पाँच जनासम्म विदेशी खेलाडीलाई आवद्ध गर्न पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फा र शहिद स्मारक ए डिभिजनका क्लवबीच पाँच जना विदेशी खेलाडी राख्ने विषयमा सहमति भएको हो । यसअघि क्लवहरुले चार जना विदेशी खेलाडी राख्न पाउने थिए ।

नेपाली खेलाडीहरु विदेश पलायन भएका कारणले खेलाडीको कमी भएका कारणले क्लवहरुले विदेशी खेलाडीको कोटा बढाउनका लागि एन्फासँग आग्रह गरेका थिए ।

माघ महिनामा मात्रै नेपाली राष्ट्रिय टोलीमा रहेका दर्जन बढी खेलाडी उज्जवल भविश्य खोज्दै विदेश गएका छन् ।

यसअघिका लिगमा क्लवले चार जना विदेशी खेलाडीलाई आवद्ध गर्दा तीन खेलाडीलाई पहिलो रोजाईमा मैदानमा राख्न पाउनेमा अब चार खेलाडीले पहिलो रोजाईमा मैदानमा उतार्न पाउनेछ ।

त्यस्तै पाँच विदेशी खेलाडीको कोटामा एक एशियाली र एक दक्षिण एशियाली खेलाडी अनिवार्य गरेको छ । यसपालीको लिग यही फाल्गुन १९ गतेबाट सुरुहुने छ ।

एन्फाले पाँच चरणसम्मको तालिका सार्वजनिक गरेको छ । डबल राउन्ड रोबिनमा हुने लिग च्यासल मैदान, एन्फा कम्पेलेक्स सातदोबाटो र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले