नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त



काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले मोन्टी देशाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा सोमबार नियुक्त गरेको जानकारी दिएको हो । मोन्टी माघ १४ मा नेपाल आइपुगेका थिए ।

नेपाल आएको भोलिपल्ट मोन्टीले नेपालमा प्रशिक्षण सुरु गरेका थिए । मोन्टी नेपाल आएको एक हप्तापछि मात्रै क्यानले औपचारिक रुपमा नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति समयमै नदिँदा ढिलो नियुक्त भएको हो ।

उनले एक हप्तादेखि नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । अर्को हप्ता घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्दैछ । मोन्टीले त्यही सिरिजबाट डेब्यू गर्नेछन् । मोन्टी २०१७ पछि नेपाली क्रिकेट टोलीमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित