माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने



चितवन । नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ महिला र पुरुष खेलाडी सहभागी हुने चितवन एथलेटिक्स सङ्घका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिए ।

प्रतियोगितामा एक प्रदेशबाट हरेक विधामा दुई खेलाडी सहभागी हुन पाउनेछन् । खेलाडीले २६ विधामा प्रतिस्पर्धा गर्ने छन् । छब्बीस स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उनले बताए । प्रतियोगितमा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा प्रतियोगिता गरी खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन र विकाससँग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न २७ लाख दुई हजार सात सय २० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद सात हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एक–एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ