एपिएफ र न्यु डायमण्ड फाइनलमा



काठमाडौं । विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोटर््स क्लव राजधानीमा जारी छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफल त्रिभुवन आर्मी क्लवलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लवको चुनौति समाप्त गर्दै उपाधि नजिक पुगेका हुन् ।

एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलमा एपिएफसँगको भेट पक्का गर्ने क्रममा न्यु डायमण्डले शुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा एक खेल बाँकी रहँदै फाइनलमा पुगेको हो ।

डायमण्डको जितले एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । पहिलो सेट डायमण्डले २२–२५ ले गुमाउन पुगेको थियो । शुरुवातदेखि नै पछि परेको डायमण्डले पुनरागमन प्रयास गरेपनि जित असफल भएको थियो ।

तर त्यसपछिका सेटमा भने राम्रो प्रदर्शन गर्दै अगाडि बढेको थियो । दोस्रो सेटमा डायमण्डले २५–१५ को सहज जित निकाल्दै खेल १–१ को बराबरीमा पुगेको थियो । तेस्रो सेटमा १०–१६ ले पछि रहेको डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को जित निकाल्दा चौथो सेटमा भने शुरुवातदेखि नै अग्रता लिँदै डायमण्डले २५–१९ को सहज जित निकाल्न सफल भयो ।

डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भइन् । जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ । पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन । एपिएफको पनि ६ अंक छ ।

पुलिस र आर्मीले दुई खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत आईतबार नै सम्पन्न दिनको पहिलो खेलमा एपिएफले आर्मीलाई साझो सेटमा स्तब्ध बनायो ।

पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा सोमवार लिग चरणका अन्तिम खेलमा प्रतिष्पर्धा हुँदैछ । पहिलो खेलमा एपिएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिष्पर्धा हुनेछ । यस खेलबाट तालिकामा शीर्ष चारको टोलीको टुङ्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले