महिला टि–२० क्रिकेटमा देहिमाडौँ च्याम्पियन



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो । १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो ।

जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौँले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।

कप्तान पिङ्की बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिइन् ।

त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो ।

उसका लागि माया टमटाले १० रन बनाइन् । देहिमाडौँका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारिन् । देहिमाडौँकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौँकी कप्तान पिङ्की बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

उनले  तीन हजार पुरस्कार पाइन् । यस्तै १० विकेट लिएकी देहिमाडौँकी वसन्ती बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौँकी पिङ्की बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुवैले जनही रु एक हजार पाँच सय पुरस्कार पाए ।

यस्तै दनपा–९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो । दनपा–१० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भइन् ।

सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरू भएको प्रतियोगितामा नगरका सात टोली सहभागी थिए । यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताउनुभयो । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया, अञ्जली चन्द, द्रोपती कुँवर, रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाइले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ