सुदुरपश्चिम प्रदेशलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९ रन बनाए । यस्तै, डोली भट्टले २२ र कविता कुँवरले १२ रन बनाईन् ।

प्रदेश एकका सवनम राई, रुवीना चौधरी, संगीता राई र हिरामायी रोयले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकका काजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुवीना चौधरीले १४ रन बनाए । सुदूरपश्चिमका मनिषा चौधरीले दुई र रितु कनौजियाले एक विकेट लिए ।
प्रतियोगिताको विजेता बनेको सुदूरपश्चिम प्रदेशले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले