टिम च्याम्पियन सोतोकान कराते टोलीलाई बधाइ



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले ३१औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई बधाइ दिएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफल भएकोमा बधाइ दिएका हुन् । भारतको कोलकातामा गत पुस २३ र २४ गते भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र सात कास्यसहित टिम च्याम्पियन बन्न सफल भएको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार राष्ट्रका करिब सात सय खेलाडीको सहभागिता रहेको नेपाल सोतोकान कराते स्घका प्रमुख प्रशिक्षकसमेत रहनुभएका महासचिव श्याम शेर्पाले जानकारी दिए । महासचिव शेर्पाका अनुसार प्रतियोगितामा बङ्गलादेश दोश्रो तथा भारत तेस्रो भयो ।

प्रतियोगितामा नेपालका खेलाडी सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रन्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेन्चुरी, सन्जिव तामाङ, नैना मानन्धर, सन्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एन्जेला डङ्गोलले नेपाललाई स्वर्ण दिलाएका थिए ।

त्यस्तै अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जितेका थिए । प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले