मधेस प्रदेश महिला क्रिकेटको सेमिफाइनलमा



काठमाडौं । लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिेकट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरीको जनता पार्कमा बुधबार भएको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि समूह ए बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।

यस्तै समूह बी बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो । बुधबार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्नसक्यो ।

लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डिसीले अभिजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम शुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ रनको पारी खेलेका थिए ।

यस बाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाई शुन्यमा पवेलियन फर्किन् । लुम्बिनीको इनिङलाई रोक्ने क्रममा मधेसकी भूमी सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो ।

मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए ।

प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुनेछन् । दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले