नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित



गण्डकी । आर्चरीबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घ, कास्की जिल्ला आर्चरी सङ्घ र अन्नपूर्ण आर्चरी क्लबले एक कार्यक्रमका बीच शनिबार संयुक्तरूपमा सम्मान गरेका हुन् ।

पोखरामा गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा गण्डकी प्रदेश सातवटा स्वर्ण, चारवटा रजत र एउटा कास्य पदक जित्दै च्याम्पियन भएको थियो ।

पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी सङ्घका केन्द्रिय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका निमित्त सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी सङ्घका अध्यक्ष बसन्त थकाली, कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचन र अन्नपूर्ण आर्चरी सङ्घका अध्यक्ष बसन्त गौचनले अबिर, माला र सम्मानपत्रले सम्मान गरे ।

कार्यक्रममा साउथ एशियन तथा नेपाल आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा आर्चरीको सुविधा सम्पन्न खेल मैदान रहेको भन्दै राष्ट्रिय टिममा पर्ने गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह गरे ।

१९औँ एशियन गेम्स सन् २०२३ को सेप्टेम्बर अन्तिम सातादेखि हुने बताउँदै उनले अब केही दिनमा राष्ट्रिय टिमको छनोट हुने हुँदा उक्त टिममा पर्ने गरी मिहिनेत गर्न खेलाडीलाई आग्रह गरे ।

प्रदेश खेलकुद परिषद्का निमित्त सदस्य सचिव पौडेलले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई बधाई दिँदै अबको दुई वर्षमा हुने १०औँ राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा लाग्न आग्रह गरे ।

प्रदेशमा सञ्चालन हुने विभिन्न खेललाई व्यवस्थित, विस्तार र प्रचारप्रसार गर्न प्रदेश खेलकुद परिषद् सहयोगका लागि तत्पर रहेको उनले बताए ।

पाँचौँ राष्ट्रिय खेलकुदमा प्रर्दशनी खेलका रूपमा आर्चरी समावेश भएको थियो । यसको छैटौँ संस्करणमा पदक गणना भएको थियो भने सातौँ र आठौँमा पदक गणना भएको थिएन । नवौँमा समान १३ स्वर्ण, रजत र कास्यपदकका लागि प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले