महिला भलिबलमा आर्मी सेमिफाइनलमा



काठमाडौं । सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट २५–११ ले जित्यो भने दोस्रो सेट २५–१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।

यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अङ्क जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।

त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।

च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले  चार लाख पाउनेछन् भने उपविजेताले  दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले  एक लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले