बैतडीको लगातार दोस्रो जित



बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा बैतडीले डोटीलाई ७७ रनले हरायो । यसअघि मङ्गलबार बैतडीले अछामलाई ९० रनले पराजित गरेको थियो । बैतडीले दिएको एक सय ४२ रनको लक्ष्य पन्छाएको डोटी १९ दशमलव एक ओभरमा ६४ रनमा अलआउट भयो ।

डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बैतडीकी करिश्मा थापाले तीन र कप्तान रितु कनौजियाले दुई विकेट हात पारे ।

त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १९ दशमलव दुई ओभरमा एक सय ४१ रनमा समेटिएको थियो । जसमा कप्तान रितु कनौजियाले २४ र सङ्गीता मौनीले अविजित १८ रन बनाइन् ।

डोटीकी दिवेश्वरी ठकुल्लाले चार र हिसिला खड्काले दुई विकेट हात पारिन् । प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले