नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार विजयी



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंँ नाईट्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले पराजित गरेको हो ।

सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । काठमाडौँका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले १६ रन बनाए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई/दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाडौँले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले