किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी



राजविराज । ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ बिहीबार राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो ।

सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो ।

टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बल खेल्दै १ सय रनको योगफल खडा गरेको थियो । सिरहाका लागि चन्द्रिका साहले २१ र शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तका रूपमा पाएका थिए ।

बलिङतर्फ सप्तरीका साक्षी यादवले सर्वाधिक ३ विकेट लिइन् । सप्तरीकी अञ्जुकुमारी प्रमाणीले २ विकेट तथा सङ्गीताकुमारी यादव, राधाकुमारी यादव र दीपिका सिंहले १/१ विकेट हात पारे ।

जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर विजय हात पारेको थियो । सप्तरीका लागि सरस्वती कुमारी यादवले सर्वाधिक १७ रन, साक्षीकुमारी यादवले १२ रन जोडेका थिए । सप्तरीकी अञ्जुकुमारी प्रमाणी अविजित आठ रन तथा सङ्गीताकुमारी यादवले अविजित ६ रन बनाएकी थिइन् ।

बलिङतर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुनले १÷१ विकेट लिए । खेलको म्यान अफ दि म्याच सप्तरीकी साक्षीकुमारी यादव घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए ।

उक्त अवसरमा डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव र राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया