काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी सार्वजनिक गरेका छन् । ओलम्पियन दीपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन्।

सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए। १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् ।

यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ । खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् ।

शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापन प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लव, नेपाल प्रहरी क्लव र एपीएफ क्लवले विभागीय टोलीका रुपमा खेल्नेछन् ।

ट्रफी टुरमाखक्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिवल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।