इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित



काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्याण्डमाथि तीन रनको जित हात पारेको हो। पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ८८ रनको पाली खेलेका थिए। जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रनको पाली खेलेका थिए भने बेन डकेटले ३३ रन बनाएका थिए ।

इंग्ल्याण्डलाई अन्तिम दुई ओभरमा जितको लागि ९ रन चाहिएको थियो र हातमा तीन विकेट बाँकी थियो। तर, १९ औं ओभरमा ५ रन बनाउँदा इंग्ल्याण्डको दुई विकेट झरेको थियो । अन्तिम ओभरको दोस्रो बलमा रीस टोप्ली रनआउट भएसँगै पाकिस्तानले रोमाञ्चक जित हात पारेको हो । यससँगै सात खेलको सिरिजमा पाकिस्तानले २–२ को बराबरी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया