आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात



पोखरा । पोखरामा आजदेखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ । दर्शक बिना खेलाइएको खेलमा एपिएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् । खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।

युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।

खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् । मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ ।

कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो खेल भोली हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट