पाण्डेको कप्तानीमा क्रिकेट टोली घोषणा



गण्डकी । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ ।

छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह छन् ।

वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा छन् । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । उन्नाइस वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाडौँमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीलाई हराउँदै मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी

क्यानद्वारा चार खेलाडीमाथिको कारबाही फिर्ता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ।

मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाईः मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा

एपिएफ १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा ! रारा गोल्ड कप’ फुटबल