ए डिभिजन लिग चार दिन सर्यो



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग चार दिन पर सरेको छ । अखिल नेपाल फुटवल संघ एन्फाले बिहीबार लिग सरेको जानकारी दिएको हो । अब लिग मंसिर ३ गतेदेखि सुरु हुनेछ ।

यसअघि कात्तिक २९ गतेदेखि हुने तालिका रहेको थियो । एन्फाका अनुसार साताको अन्त्यमा मात्र लिगका खेल खेलाइनेछ । उद्घाटन खेलमा  सातादोबाटो युथ क्लब र फ्रेन्डस क्लब बीच  प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने  यो खेल साँझ ५ बजे सुरु हुनेछ । ए डिभिजन लिगमा १४ टोलीको सहभागिता रहनेछ ।

दुई टिम रेलिगेशनमा पर्नेछन् ।  एन्फाले दोस्रो चरणसम्मको खेलको मिति र स्थान सार्वजनिक गरेको छ । रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती दुई चरणका खेल हुनेछन् ।

त्यसपछि च्यासल मैदान र पोखरामा पनि खेल संचालन गर्ने एन्फाको तयारी छ ।  लिग विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  सहभागी सवै टिमले लिगको तयारी पूरा गरिसकेका छन् । मच्छिन्द्र लिगको साविक विजेता टोली हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।