न्युजिल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश



न्युजिल्यान्ड आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । आबुधाबीको शेख जायद स्टेडियमा भएको खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४२ बलमा ३ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । डेभन कन्वे ३२ बलमा ४ चौका सहित ३६ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि कन्वे र विलियम्सनले ६८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ