हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि



काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् ।

जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न ४९ औँ सस्करणको प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएका छन् । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो ।

अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैंमा प्रतिष्ठाको विषय हो ।

उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।

यस्तो छ अबिरलको खेलयात्रा
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।

नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।

पछिल्लो समय उनले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।