काठमाडौँ र विराटनगरको खेल स्थगित



काठमाडौं । राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो ।

उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले  ५० लाख तथा उपविजेताले  १५ लाख प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।