साफ च्याम्पियनसिपमा भाग लिने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा



काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार २३ सदस्यीय टीम घोषणा गरेका हुन् । माल्दिभ्समा असोज १५ देखि ३० सम्म हुने प्रतियोगिताको तयारीका लागि हाल नेपाली टिम कतारमा छ ।

नेपाली टोलीबाट त्यहाँबाट माल्दिभ्स जानेछ ।  टिममा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ठकुरी, अन्तत तामाङ, गौत्तम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डांगी, कमल थापा र रोहित चन्द रहेका छन् ।

कतारमा रहेको टिमबाट दुई खेलाडीमा विकेश कुथु र राजन गुरुङ टोलीमा समावेश छैनन् । नेपालले असोज १५ को उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । त्यसपछि नेपालले असोज १८ मा श्रीलंका, २४ मा भारत र २७ मा बंगलादेशको सामना गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको लिग चरणको शीर्ष दुईमा रहनेले फाइनल यात्रा तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत