६९ पदकका साथ टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा



जापानमा जारी टोकियो ओलम्पिक-२०२० को पदक तालिकाको शिर्षस्थानमा चीन यथावत रहेको छ । हालसम्म चीन कुल ६९ पदकको साथ शीर्ष  स्थानमा रहेको छ ।

चीनले ३२ स्वर्ण, २१ रजत र १६ कास्यसहित ६९ पदक जितेको छ । यस्तै अमेरिका २४ स्वर्ण, २८ रजत र २१ कास्यसहित ७३ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । यस्तै घरेलु टोली जापान तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेका छन् । जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्यपदक जितेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १६ कास्यसहित समान ३४ पदक जितेको छ ।

यस्तै रसियन कोलम्पिक कमिटी १३ स्वर्णसहित ५२ पदक जित्दै पाँचौ स्थानमा रहँदा बेलायत, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स र दक्षिण कोरिया क्रमश: छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा रहेका छन् । हालसम्म ८४ राष्ट्रले टोकियो ओलम्पिकमा पदकको खाता खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि