ए डिभिजन लिगको पुरस्कार राशि ७५ लाख



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ ।

एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पु¥याएकाये हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्ग गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०÷२० लाख समेत उपलब्ध गराउने छ ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो ।

यस अघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि