पहिलो एकदिवसीय खेलमा भारतको सहज जित



भारत पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ ।

कोलम्बोमा आइतबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । ६३ रनको लक्ष्य भारतले ३६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान शिखर धवनले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किशनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

पृथ्वी शले ४३ रन जोड्दा मनिस पाण्डेले २६ रन बनाए । सूर्यकुमार यादव ३१ रनमा आउट भए ।श्रीलंकाक धनन्जय सिल्भाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । श्रीलंकाका लागि चामिका करुनारत्नेले अविजित रहदै ४३ रन बनाए ।

कप्तान डसुन शनकाले ३९ रन जोड्दा चारिथ आश्लन्काले ३८ रन जोडे । मिनोद भानुकाले २७ तथा भानुका राजपाक्षेले २४ रन बनाए ।भारतका दिपक चाहर,युजभेन्द्र चाहल र कुलदिप यादवले २र२ विकेट लिए ।

यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले