एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित



काठमाडौं । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ ।

उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ । त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी