रोनाल्डोलाई युरोको गोल्डेन बुट अवार्ड,जियानलुइजी सर्वोत्कृष्ट



पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १६ औं संस्करणको युरोकप फुटबलमा सर्बाधिक गोलकर्ता बनेका छन् ।

युरोपका बिभिन्न ११ शहरमा सम्पन्न प्रतियोगीतामा रोनाल्डोले सर्बाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका हुन् । ४ खेलमा रोनाल्डोले ५ गोल गरेका थिए । उनले १ असिस्ट समेत गरेका थिए । रोनाल्डोलाई पछ्याएका चेक रिपब्लिकका प्याट्रिक शिकले ५ खेलमा ५ गोल गरेका थिए । खेल संख्या र असिष्टका कारण उनलाई रोनाल्डोले पछि पारेका हुन् । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

युरोकपमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् । जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । स्पेनका मिडफिल्डर पेड्री उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । ६ खेलमा मैदान उत्रिएका स्पेनका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने