युरोकपको नकआउट समीकरण पूरा



युरोकप २०२० मा लिग चरणका प्रतिस्पर्धा सकिएका छन् । यससँगै अन्तिम १६ मा खेल्ने टिमको समीकरण पूरा भएको छ । लिग चरणका प्रत्येक समूहका विजेता र उपविजेताले स्वतः नकआउट चरणमा प्रवेश पाए ।

यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टिमले पनि दोस्रो चरण खेल्ने निश्चित भएको थियो । समूहविजेताका रूपमा इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, स्विडेन र फ्रान्सले दोस्रो चरणको यात्रा तय गरे ।

यस्तै वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी समूहको उपविजेता बने । स्विजरल्यान्ड, युक्रेन, चेक गणतन्त्र र पोर्चुगल भने तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बनेका छन् । अब क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगल, इटाली र अस्ट्रिया, फ्रान्स र स्विटजरल्यान्ड, क्रोएसिया र स्पेन, स्विडेन र युक्रेन, इंग्ल्यान्ड र जर्मनी, नेदरल्यान्ड्स र चेक गणतन्त्र तथा वेल्स र डेनमार्क भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी