टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी सहभागी हुने



टोकियो । जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभािगता जनाउने भएका हुन् । विभिन्न देश छोडेर अर्को देशमा गएर बसेका त्यस्ता खेलाडीलाई आइओसीले सन् २०१६ को रियो ओलम्पिकबाट सहभागिता गराउने नियम बनाएको हो ।

२०१६ मा शरणार्थी कोटामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो पटक सो संख्या बढेर २९ पुगेको हो । आइओसीको झण्डामुनी प्रतिस्पर्धा गर्ने खेलाडीमा इरान, दक्षिण सुडान, अफगानिस्तान, सिरिया र इरिट्रिया देशका रहेका छन् ।

खेलकुदमा सम्भावना भएपनि विभिन्न कारणले अर्को देशमा गएकालाई आइओसीले शरणार्थी कोटामा राखेको हो । जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकका दुई खेल बेसबल र फुटबल उद्घाटनको तीन दिन अगाडीबाट सुरु हुनेछन् ।

यो पटकको टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष सारेर जुलाई र अगष्टमा गर्ने तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट