ईन्टरलाई हराउदै युभेन्टस शीर्ष चारमा,एटलान्टाको रोमाञ्चक जित



इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले लिग च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ । ३७ औ चरणको खेलमा ईन्टरलाई ३–२ गोल अन्तरले हराउदै युभेन्टस तालिकाको चौथो स्थानमा पुगेको हो ।

घरेलु मैदानमा युभेन्टसलाई जिताउन जुआन क्वार्डाड्रोले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल गरे अर्को गोल भने उसले उपहारस्वरुप प्राप्त गरेको थियो । २४औँ मिनेटमा रोनाल्डो पेनाल्टिमा चुकेका थिए । लगत्तै उनैले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा ईन्टरले पेनाल्टीमा गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएको थियो ।

लुकाकुले इन्टरलाई बराबरीमा पुर्याए । पहिलो हाफको इन्ज्युरी समयमा क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाएका थिए । खेलको ८३औँ मिनेटमा जर्जियो चेइलिनीले आत्मघाती गोल गरेपछि इन्टर बराबरीमा फर्कियो । ८८औँ मिनेटमा युभेन्टसले दोस्रो पटक पेनाल्टीको अवसर प्राप्त गर्यो । जसलाई क्वाड्राडोले जाली चुमाउदै टोलीलाई ३–२ ले जित दिलाए । खेलमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए ।

५५औँ मिनेटमा युभेन्टसका रोड्रिगो बेन्टाकरले रातो कार्ड पाएका थिए भने इन्ज्युरी समयमा इन्टरका मार्सेलो ब्रोजोभिकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।जितसँगै युभेन्टस ३७ खेलमा ७५ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको ईन्टरको ८८ अंक छ ।

गएराती नै रोमाले लाजियोमाथि २–० गोलको सहज जित निकालेको छ । घरेलु मैदानमा हेनरिक मख्तार्यन र पेड्रोले गोल गर्दै रोमालाई जित दिलाए ।
यो जितसंगै सातौँ स्थानको रोमाले ३७ खेलमा ६१ अङ्क जोडेको छ । समान खेलबाट लाजियोसँग ६७ अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित