काठमाडौं रेजर्सलाई एनएसएलको उपाधि



काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको खेलमा काठमाडौंले धनगढी एफसीलाई हराउँदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले धनगढीलाई १–० ले पराजित गर्यो । धनगढीलाई जित दिलाउन मोसोउके ओलोओमुले निर्णायक गोल गरे ।

उनले खेलको २१औँ मिनेटमा गोल गरेका थिए । विशाल श्रेष्ठको क्रस पासमा उनले गोल गरेका हुन् । खेलको २९औँ मिनेटमा ओलोओमोउले डी बक्सनजिकबाट हानेको फ्रिकिक बल आउट भएको थियो ।

धनगढीका लागि खेलको ३४औँ मिनेटमा डिफेन्डर फ्यान्किल टालाले कर्नरबाट आएको बल डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन । खेलको इन्ज्युरी समायमा काठमाडौंका इस्टिफिन बिनोगनले वान टु वान लिएको बललाई ६ यार्डनजिकबाट हाने पनि गोल गर्न सकेनन् ।

५२औँ मिनेटमा धनगढीका निशान खड्काकाले कर्नरबाट हानेको पास सोजन राईको खुट्टामा लागेर गएको थियो । खेलको ५४औँ मिनेटमा धनगढीका निशान लिम्बूले हानेको क्रस पास विशाल राईले डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन । उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाख पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले