इंग्लीश प्रिमियरमा म्यान्चेस्टर,आर्सनल, वेष्ट ह्याम र न्यूकासल विजयी



इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले हरायो ।

टोटनह्यामलाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाइटेडका फ्रेड, एडिन्सन काभानी र मेसन ग्रिनउडले एक एक गोल गरे । टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले दुई गोल गर्दा ग्याब्रियल मार्टीनेलीले एक गोल थपे । गएराति भएका अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले लेष्टर सिटीलाई ३–२ ले हराउँदा न्यूकासल युनाइटेडले बर्न्लेमाथि २–१ को जित निकाल्यो ।

गएरातिका खेलहरुपपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ६३ अंकसहित दोस्रो स्थानमा रहँदा ५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ । चौथो स्थानको वेष्ट ह्याम युनाइटेडको ५५ अंक छ भने ५४ अंकका साथ चेल्सी पाँचाै‌ स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।