प्रिमियर लिगमा चेल्सीको फराकिलो जित



इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा फितलो प्रदर्शन गरेको म्यान सिटी विरुद्ध लिड्सका स्टुवार्ट डालासले दुई गोल गरे । सिटीका फेरान टोरेसले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–१ ले हरायो ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिकले दुई गोल गर्दा काइ हाभर्ट्ज र कर्ट जुमाले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलका मोहोमद सालाह र ट्रेष्ट अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गर्दा भिल्लाका ओल्ली वाट्कीन्सले एक गोल फर्काए ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा यथावत रहँदा दुई खेल कम खेलेको म्यान्चेस्टर युृनाईटेड ६० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ भने ५४ अंकका साथ चेल्सी चौथो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित