संकटालाई आहा रारा गोल्डकपको उपाधि



पोखरा । संकटा क्लवले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा पराजित गर्दै संकटा च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुबै टिमबाट एक एक गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसो त निर्धारित ९० मिनेटमा संकटाले अफ्रिकन रुट्सको एक गोलको अग्रतालाई उल्ट्याएको थियो । खेलको ११ औं मिनेटमा अफ्रिकन रुट्ले खेलमा अग्रता बनायो । उसका लागि बासेकले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको अफ्रिकन रुट्सविरुद्ध संकटाले खेलको ५१ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि ग्लोरीले उत्कृष्ट गोल गर्दै टिमलाई एक एकको अवस्थामा पुर्याए । त्यसपछि दुबै टिमले गोल थप्नका लागि निकै प्रयास गरेका थिए । ६७ औं मिनेटमा संकटाका फोफानाको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए ।

८५ औं मिनेटमा अफ्रिकन रुट्सका बासेकले डिबक्समा पाएको उत्कृष्ट मौका खेर फाले । उनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिर गयो । निर्धारित ९० मिनेट एक एक गोलको बराबरीमा सकिएको खेलको एक सय दुई मिनेटमा अफ्रिकन रुट्स मौसाले पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । त्यसको अर्को मिनेटमा फेरि पनि मौसाको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए । एक सय चार मिनेटमा संकटाका आशिष राईले डिबक्समा खालि स्थानमा पाएको मौकालाई बाहिर हाने ।

खेलको एक सय १० औं मिनेटमा संकटाका संकटाका ग्लोरीले राम्रो अवसरलाई खेर फाले । उनले डिबक्समा हेडरको प्रयास राम्रोसँग कनेक्ट हुन सकेन । थपिएको ३० मिनेटमा पनि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले गोल गरे ।

सरोज दाहालको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए । अफ्रिकन रुट्सका केचा यानीक, रफायल रिमले गोल गरे भने क्वेटे फ्रांकलिनको प्रहार बाहिरीदा एम्बाकोबको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए । उपाधिसँगै संकटाले १० लाख एक हजार रुपैयाँ जितेको छ भने उपविजेता अफ्रिकन रुट्सले पाँच लाख एक हजार पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको