अफ्रिकन रुट्स आहा–रारा गोल्डकपको फाइनलमा



पोखरा । पोखरामा जारी आहा–रारा गोल्डकप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अफ्रिकन रुट्ससँग २–० गोलको हारसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो ।

खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प्रहरीले प्राविधिक रुपमा राम्रो खेले पनि एउटै गोल गर्न सकेन ।

दोस्रो हाफपछि थपिएको ४ मिनेटको समयमा अफ्रिकनका मउसाले अर्को गोल गरेर फराकिलो जित भएका थिए । अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टीमका ३÷३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

प्रहरी यसअघिका विभिन्न वर्षमा आहा रारा प्रतियोगिता ६ पटकसम्म विजेता र ४ पटक उपविजेता थियो । मंगलबार भएको सेमिफाइनलमा पुलिसले थ्रीस्टारलाई ४–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब शनिवार हुने फाइनल खेलमा अफ्रिकन र संकटा क्लब भिड्नेछन् । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् । अफ्रिकन टिम भने यो प्रतियोगितामा पहिलोपटक सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी