‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गरेका हुन् । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक/एक गोल फर्काएका हुन् ।

खेलको ११ औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गरेका हुन् । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गरेका हुन् ।

यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गरेका हुन् । खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराए ।

जीतसँगै भगवती नौ खेलबाट नौ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।