प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सानदार जित



म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि यात्रा बलियो बनाएको छ । पछिल्ला २१ खेलमा अपराजित रहेको सिटीले लिगको पछिल्लो खेलमा वुल्भरहेम्प्टनलाई ४–१ को फराकिलो अन्तरले हरायो ।

ग्राबियल जेससले २ तथा रियाद महारेजले एक गोल गर्दै सिटीलाई जित दिलाए । ईतिहात स्टेडियममा भएको खेलमा अर्को गोल उसले उपहारस्वरुप पाएको थियो । वुल्भरका कोनोर क्वाडेले एक गोल फर्काए । खेलको १५ औ मिनेटमा उपहार गोलमा अग्रता बनाएको सिटीबिरुद्ध क्वाडेले ६१औ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर खेलको अन्तिम १३ मिनेटमा लगातार तीन गोल गर्दै सिटीले शानदार जित निकाल्यो ।

जेससले ८० औ मिनेटमा गोल गर्दै सिटीलाई दोस्रो पटक अग्रता दिलाए । ९० औ मिनेटमा महारेजले गोल गरेपछि सिटी ३–१ को बलियो अबस्थामा पुग्यो । ईन्ज्युरी समयमा जेससले ब्यक्तिगत दोस्रो गोल गरेपछि सिटी सहज जित निकाल्न सफल बन्यो ।

२७ खेलबाट सिटी ६५ अंकमा तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । यो दोस्रो स्थानको म्यानचेष्टर युनाईटेड भन्दा १५ अंकले अघि हो । गत डिसेम्बर १५ मा वेष्टब्रोमसंग बराबरी खेलेयता सिटी सबै खेलमा अपराजित छ । प्रिमियर लिगमा आज लेष्टर सिटी र बर्नली, एष्टन भिल्ला र सेफिल्ड युनाईटेड तथा म्यानचेष्टर युनाईटेड र क्रिष्टल प्यालेस प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।