च्याम्पियन्स लिग -प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न र चेल्सी विजयी



च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न म्युनिख र चेल्सी विजयी भएका छन् ।

गएराती भएको खेलमा बायर्नले लाजियोमाथी ४–१ को जित निकाल्यो । लाजियोलाई उसैको मैदानमा फराकिलो अन्तरले हराउन रोबर्ट लेबान्डोस्की, जामल मुस्याला,लेरोई सानेले गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । लाजियोका वाकी कोरियाले एक फर्काए ।

बायर्नले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । नवौ मिनेटमा लेबान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि मुस्यालाले २४ औ मिनेटमा अर्को गोल थपेका थिए । सानेले ४२ औ मिनेटमा गोल गर्दा पहिलो हाफमै पाहुना टोली ३–० को बलियो अबस्थामा पुगेको हो ।

दोस्रो हाफको सुरुवातमै उपहार गोल पाएपछि बायर्न जित नजिक पुगेको थियो । त्यसको २ मिनेटपछि कोरियाले गोल गर्दै लाजियोको अन्तर घटाएपनि त्यसपछिको समय थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । यी दुई टोलीबिचको दोस्रो लेग बायर्नको मैदानमा मार्च १७ मा हुनेछ ।

एट्लेटिको मड्रिडलाई १–० ले हराउदै चेल्सीले पनि क्वार्टरफाईनल प्रबेशको संभावना बलियो बनाएको छ । स्पेनमा यात्रा प्रतिबन्धका कारण रोमानियामा खेलाईएको खेलमा चेल्सीलाई जिताउन ओलिभर जिराउडले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६८ औ मिनेटमा जिराउडले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको