युभेन्टस सिरि ए फुटबलको तेस्रो स्थानमा,क्रोटोन ३–० ले पराजित



युभेन्टस ईटालियन सिरि ए फुटबलको तेस्रो स्थानमा पुगेको छ । आफ्नो २२ औ खेलमा गएराती क्रोटोनलाई ३–० ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा युभेन्टसलाई शानदार जित दिलाउन क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । अर्को गोल वेस्टोन म्याकेनीको नाममा रह्यो । ३८ औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको ईन्ज्युरी समयमा अर्को गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याएका थिए । पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएको युभेन्टसले दोस्रो हाफको २१ औ मिनेटमा अर्को गोल गर्दै जित निकालेको हो ।

म्याकेनीले टोलीका लागि तेस्रो गोल गरेका हुन् । यो जितसंगै २२ खेलबाट युभेन्टसको ४५ अंक भएको छ । उ दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।