बायर्न ७ अंककासाथ शीर्ष स्थानमा



जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । १८ औं चरणको खेलमा गएराति साल्केलाई ४–० को फराकिलो अन्तरले हराउदै बायर्न शीर्ष स्थानमा बलियो बनेको हो ।

उसलाई शानदार जित दिलाउन थोमस मुलरले २ तथा रोबर्ट लेबान्डोस्की र डाविड अल्वाले एक एक गोल गरे । ३३ औ मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बायर्नका लागि लेबान्डोस्कीले ५४ औ मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका थिए । मुलरले ८८ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ३–० को अवस्थामा पुग्यो ।

त्यसको २ मिनेटपछि अल्वाले गोल गर्दै टोलीलाई शानदार जित दिलाए । १८ खेलबाट ४२ अंक जोडेको बायर्नले दोस्रो स्थानको आरबी लाईपजिगलाई ७ अंकले पछि पार्दै उपाधि यात्रा मजबुत बनाएको हो । अर्को खेलमा होफिनह्यामले एफसी क्लोनलाई ३–० ले हरायो । यो जितले होफिनह्यामलाई २२ अंकमा तालिकाको ११ औ स्थानमा पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित