फ्रेच लिग वानमा मोन्टपिलरमाथि पिएसजीको शानदार जित



पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । २१ औ चरणको खेलमा गएराती मोन्टपिलरलाई ४–० को फराकिलो अन्तरले हराउदै पीएसजीले लिलीलाई ३ अंकले पछि पारेको हो । यद्यपी लिलीले एक खेल कम खेलेको छ ।

घरेलु मैदानमा पिएसजीलाई जिताउन केलियन एम्बाप्पेले २ तथा नेयमार र माउरो ईकार्डीले एक एक गोल गरे । १९ औ मिनेटमा मोन्टपिलरका गोलरक्षक जोनास ओम्लीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पहिलो हाफको सुरुवातमै पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।

३४ औ मिनेटमा एम्बाप्पेको गोलमा अग्रता बनाएको पीएसजीले बाँकि ३ गोल चार मिनेटभित्र गरेको थियो । नेयमारले ६०, ईकार्डीले ६१ र एम्बाप्पेले ६३ औ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जित दिलाए । २१ खेलबाट पिएसजीको ४५ अंक भएको छ ।
लिग वानमा आज बिभिन्न २ खेल हुदैछन् । आज लेन्स र नाईस तथा मोनाक्को र मार्सेली प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ