ला लिगामा एट्लेटिकोले बनायो ७ अंकको अग्रता



लुइस सुआरेजको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली एइवरका मार्को डिमिट्रोभिक बनाएको सुरुवाती अग्रता टिक्न सकेन् ।

४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । ८९औं मिनेटमा सुआरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ ।

एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । पराजित एइवर १९ अंकसहित १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी