महिला लिग फुटबलमा आर्मी र पुलिस गोलरहित बराबरीमा



काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । दुवै विभगीय टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको पहिलो हाफमा पुलिसका खेलाडी आर्मीका खेलाडीमाथि हाबी भएका थिए ।

मध्यान्तरपछिको खेलमा भने पुलिसले आर्मीभन्दा राम्रो खेल्यो तर गोल गर्न भने सकेन । खेलको ३०औँ मिनेटमा पुलिसकी निरु थापाको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ४३औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्ने मौका गुमाइन् ।

यस्तै मध्यान्तरपछिको खेलको ८५औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको प्रयास गरेकी थिइन् । उनी गोल गर्न विफल भइन् । गोलरहित बराबरी खेल्दै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

पुलिसका मुख्य प्रशिक्षक सञ्जीव जोशीले आर्मीविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । यस्तै आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेल बराबरीमा टुङ्गिए पनि आफू सन्तुष्ट रहेको बताए ।

बिहीबार लिगमा दुई खेल हुनेछन् । पहिलो खेल एपीएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच तथा दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् ।

एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउने छन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमाथि एपिएफको ८–० को जित

  काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर