रोमालाई हराउदै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश



सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमामाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेजियाले ९ खेलाडीमा समेटिएको रोमामाथि अतिरिक्त समयमा ४–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । स्पेजियाको क्वाटरफाइनल यात्रामा रिकार्डो सापोनाराले दुई तथा एन्ड्रे गालाविनोभ र ड्यानिले भर्डीले समान एक गोल गरे ।

घरेलु मैदानमा २–० ले पछि परेको अवस्थामा रोमाले उत्कृष्ट पूनरागमन गर्दै खेललाई अतिरिक्त समयमा धकेलेपनि हार टार्न सकेन । ४३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा हेनरिक मिख्टरानले बोर्जा मायोरलको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

९१औं मिनेटमा जियानलुका मान्सिनी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा ९२औं मिनेटमा पाउ लोपेज सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । १०७औं मिनेटमा डनिले भर्डीले गोल गर्दै खेललाई ३–२ ले अघि बढाए । ११९औं मिनेटमा रिकार्डो सापोनाराले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–२ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको