इटालियन सिरी एमा एसी मिलानको सहज जित,तीन अंकको अग्रता



एसी मिलानले ईटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । १८ औ चरणको खेलमा गएराती काग्लीयारीलाई २–० ले हराउदै एसी मिलान शीर्ष स्थानमा बलियो बनेको हो । उसलाई सहज जित दिलाउन दुबै गोल जलाटन ईब्राहिमोबिचले गरे ।

सातौ मिनेटमा ईब्राहिमोबिचले पेनाल्टिमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनैले ५२ औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे ।
पछिल्ला २ गोलसंगै ईब्राहिमोबिचले जारी सिजनको लिगमा आफ्नो गोल संख्या १३ पुर्याएका छन् ।

यो जितसंगै १८ खेलबाट एसी मिलानको ४३ अंक भएको छ । समान खेलबाट ४० औ जोडेको ईन्टर मिलान तालिकाको दोस्रो स्थानमा छ । ईन्टरले पछिल्लो खेलमा युभेन्टसलाई हराउदै एसी मिलानमाथी दबाव बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ