पलिस्थालाई मुवाँथाई वर्ष खेलाडी सम्मान



काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई सङ्घले पलिस्था कक्षपतीलाई सन् २०१९ वर्ष खेलाडी पुरस्कारबाट सम्मानित गरेको छ ।

कक्षपतिलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले बुधबार आयोजिक एक कार्यक्रममा ५० हजार नगदसहित सम्मान गरे । कोरोना महामारीका कारण वर्ष खेलाडीको पुरस्कार प्रदान गर्न ढलाइ भएको सङ्घले जनाएको छ । कक्षपतिले सन् २०१९ को मार्चमा थाइल्याण्डमा सम्पन्न १६औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा ३० किलो तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले उत्कृष्ट खेल प्रदर्शन गरेकाले वर्ष खेलाडीबाट सम्मानित गरेको सङ्घले जनाएको छ ।

यसैगरी सङ्घले सन् २०१९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुवाँथाई प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई खेल सामग्रीसहित सम्मान गरेको छ । यसरी सम्मानित हुने खेलाडीमा शर्मिला मोक्तान, सन्तोष खत्री, गुणराज रुचाल, विजय लामा, अभिषेक राई, राहुल ठोकर, रसिव जारी, दील ठोकर, सन्दीप तामाङ, गुनसाँग तामाङ र सञ्जय राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।