नवनियुक्त खेलकुदमन्त्री लामाद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आइतबार पदभार ग्रहण गरका छन् । शुक्रबार मन्त्रीको सपथ लिएका लामाले आइतबार सिंहदरबार पुगी पदभार ग्रहण गरेका हुन् । पदभार कार्यक्रममा मन्त्री लामाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्ने बताए । उनले आफ्नो कार्यकालमा परिणाममुखी योजनाका साथ काम गर्ने धारणा राखे ।

मन्त्री लामाले खेल क्षेत्रको यसअघिको कार्ययोजनालाई पनि आफूले प्राथमिकतामा राख्ने भन्दै सबैको सहयोगको अपेक्षा राखेको बताए । त्यसअघि मन्त्रालयमा निवर्तमान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई विदाई गरिएको थियो ।

विदाइ कार्यक्रममा विश्वकर्माले खेल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले पहिलेको अवस्थामा भन्दा अहिले नेपालमा खेल क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको बताए ।
विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल लगायतले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट