मेसीले तोडे पेलेको रेकर्ड



स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको रेकर्ड तोडेका छन् ।

मेसीले ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै पेलेको रेकर्ड तोडेका हुन् । खेलमा बार्सिलोना ३ शून्यले विजयी भयो । मेसीले ६५ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए ।

गत शनिबार मेसीले एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । गत शनिबार बार्सिलोनाका लागि करियरको ६४३औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बराबरी गरेका थिए ।

मंगलबार गोल गरेसँगै मेसीले करिअरको ६४४औं गोल गरे र पेलेको कीर्तिमानलाई पछि पारेका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए । सन् २००४ मा डेब्यू गरेयता पुरै करिअर बार्सिलोनामा बिताएका मेसीले १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।