म्याराडोनाका चिकित्सकमाथि लापरबाहीको आशङ्कामा छानबिन गरिने



आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन् । उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् । केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो ।

म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाएका छन् । त्यसपछि आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ । करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए ।

म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए । ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन् ।

शल्यक्रियापश्चत् निवासमा आवश्यक सुविधा पर्याप्त नभएको आशङ्का गरिएका छन् । दुव्र्यसनमा लागेकाहरूको विशेष निगरानी गर्न सक्षम नर्सहरूलाई २४ घण्टा खटाइएको थियो कि थिएन अनि चिकित्सक तथा एम्बुलेन्सको उपलब्धता थियो कि थिएन भनेर छानबिन गरिँदैछ ।

एउटा पत्रकार सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय गरेको बताएका थिए । लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी